सिमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं: मन्त्री थापा

पाेखरा | साउन १०, २०८१

सिमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं: मन्त्री थापा

पोखरा:     गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् ।
 

प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् ।

 

परिषदका अध्यक्षसमेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा अघि बढौं ।”
 

बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले प्रदेशको गौरब बढाउने विषयमा प्रदेश सरकार र मन्त्रालय गम्भीर रहेको धारणा अघि सार्दै कुनै पनि विकासका कार्यमा प्रतिकुल असर नपर्ने गरी सहयोग गर्न तयार रहेको बताए ।

 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गर्न र आवश्यक खेल मैदान मर्मत सम्भारका कार्यहरु गर्न समेत निर्देशन दिंदै चालु आर्थिक वर्षमा बजेटमा सम्बाेधन हुन नसकेका कार्यक्रमहरुलाईसमेत मन्त्रालयको तर्फबाट पहल गर्न आफूले सहयोग गर्ने उनले प्रतिवद्धता  जनाए ।
 

सो अवसरमा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले दशौं राष्ट्रिय खेलकुदमा नवौंको जस्तै गरी नतिजा ल्याउन परिषद गम्भिर रुपमा अघि बढ्नु पर्ने सुझाव राख्दै प्रशिक्षण अभियानलाई तिव्रता दिनुपर्ने कुरामा जोड दिए ।

 

उनले सबै प्रदेशहरुले आफ्नै रंगशाला निर्माण कार्य अघि बढाइरहेकोले गण्डकी प्रदेशले समेत् आफ्नै व्यवस्थित रंगशाला निर्माण कार्यका लागि पहल सुरु गर्नुपर्ने जनाए । उनले भने–“सबै प्रदेशमा आफ्नै रंगशाला निर्माणका प्रक्रिया अघि बढेका छन् । अब गण्डकी प्रदेशले त्यसको सुरुवात गर्नुछ । दक्ष खेलाडी उत्पादनका लागि समेत रंगशाला निर्माण कार्य महत्वपूर्ण छ ।”
 

बैठकमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले जिल्लाहरुमा रहेका खेलकुद मैदानहरुको निर्माण खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको जनाउँदै चालु बजेटले विगतमा जस्तै गरी सम्बोधन गरेको बताए ।

 

उपलब्ध बजेटको समुचित प्रयोग गरी खेलकुद विकासका लागि अघि बढ्न आग्रह गर्दै त्यसबाट लाभान्वित हुने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।
 

बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले गत आर्थिक वर्ष सम्पन्न कार्यक्रमहरु र चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए ।
 

बैठकमा गत वर्ष २०८०/०८१ को प्रगती समिक्षा र चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम र तयारी बारे संगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रणनितिक तयारी थाल्ने गरी छलफल भएको परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले जानकारी दिए ।

 

बैठकमा परिषद आर्थिक प्रशासन विभागका अधिकृत निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्